बालुवाटार छलफलको अध्यक्ष प्रचण्डद्धारा खुमलटारमा नेताहरुलार्ई ब्रिफिङ

१८ साउन, काठमाडौं । सत्तारुढ नेकपामा चुलिदै आएको विवादले पार्टी नै फुटको संघारमा जाने होकी भन्ने आंकलन गर्न थालिएको बेला आज पार्टीका दुई अध्यक्षबीच छलफल भएपनि उपलब्धि भने सुन्य नै रह्यो । आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले स्थगित स्थायी समिति बैठक बोलाउन र पद छोड्नुपर्ने भन्ने दुबै मागलाई अस्वीकार गरेका छन् । बालुवाटार छलफलपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै बेलुका सचिवालयका अन्य सदस्यहरुसँग ओली सहमतिमा आउन नचाहेको भन्दै यस्तो ब्रिफिङ गरेका हुन् ।

‘बैठक राख्न पनि मान्नुभएन । पद छोड्न पनि मान्नुभएन ।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई खुमलटारमा ब्रिफिङ गर्दै भने, ‘नियमित बैठक नरोकौँ, उठेका प्रश्नहरुबारे छलफल गरौँ भन्दा उहाँ सकारात्मक हुनुभएन ।

बरु ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक भन्दा महाधिवेशन मार्फत नै निकास निकाल्न आफू तयार रहेको बताएका थिए । ‘अर्ली महाधिवेशनमा तपाईंहरुको चित्त बुझ्दैन भने चैतमा तोकिएकै समयमा महाधिवेशन गरौँ । त्यसैबाट विवादित विषयको निष्कर्ष निकालौँ ।’

खुमलटारमा प्रचण्डको ब्रिफिङपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार पुनः छलफल गर्ने बाहेक कुनै विषयमा सहमति हुन नसकेको आफूले बुझेको बताए ।

‘भोलि पुनः छलफल हुने बाहेक अन्य उपलव्धि हुन सकेको देखिएन । समस्या जहाँको त्यहीँ छ । हेरौ भोलि केही हुन्छ
कि !’, प्रवक्ता श्रेष्ठले रातोपाटीलाई बताए ।

प्रचण्ड र खनालले आइतबार बिहान प्रधानमन्त्री ओलीसँग करिव ३ घण्टा बालुवाटारमा छलफल गरेका थिए । तर समस्या ज्यूको त्यू नै रहेको छ ।