रन्नपार्क, अनामनगर, थापागाउँ र शंखमुल्ल चल्ने ट्याम्पुका चालक नै कोरोना संक्रमिण

१८ साउन, काठमाडौं । आज काठमाडौंमा थपिएका संक्रमितमध्ये एक जना ट्याम्पो चालक रहेको खुल्न आएको छ ।

संक्रमित व्यक्तिले लकडाउनयता तीन दिन मात्रै शंखमुल–थापागाउँ–अनामनगर–रत्नपार्क रुटमा ट्याम्पो चलाउँदै आएका थिए।

लकडाउनका बेला उनी सुदूरपश्चिम आफ्नो घर गएका थिए । केही दिनअघि उनी काठमाडौं फर्कदा नागढुंगामा स्वाब संकलन गरिएको थियो ।

सो स्वाब संकलनपछि हिजो मात्रै उनको रिपोर्ट पोजेटिभ आए पछि उनी कोरोना संक्रमिण भएका थिए ।

सार्वजनिक सवारी चालकलाई नै संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङमा भने समस्या थपिएको छ ।

उनको ट्याम्पोमा तीन दिनसम्म यात्रा गर्ने यात्रुहरु पत्ता लगाउन सहज छैन ।

त्यस्तै उनले ट्याम्पोको ब्याट्री चार्ज गर्न शान्तिनगरस्थित एक ग्यारेजमा लैजाने गरेका थिए । ग्यारेजमा एक पटकमा ३०–३५ ब्याट्री चार्ज हुने गर्छ । सो क्रममा उनीसँग सम्पर्कमा आएकाहरु पनि धेरै हुन सक्ने अनुमान छ ।