आज कोरोना भाइरसका देशभर २४६ थपिदा काठमाण्डौ उपत्यकामा ३१ जनामा कोरोना संक्रमित

१८ साउन, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज आइतबार नेपालमा २४६ जनामा कोरोना संक्रमिण भएको पुष्टि । देशभरका प्रयोगशालामा भएको ८ हजार ८३१ स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका
हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।

त्यस्तै आजै कोरोना संक्रमण भाइरसलाई हराउँदै १११ जना डिस्चार्ज भएर घर फर्केकाछन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् । कोरोना संक्रमणका कारण आइतबारसम्म ५७ जनाको मृत्यु भएको छ ।

आजे देशभर कहाँकहाँ थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ८१ जनामा संक्रमण पुष्टि भएको छ । धनुषाका ३५, काठमाडौंका २२, मोरङका १६, सुनसरीका १२, डोटीका ११, कैलाली र बर्दियाका १०–१०, ललितपुर र स्याङ्जाका ८–८ जना तथा महोत्तरी र कास्कीका ५–५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपुर र लम्जुङका ३–३ जना, सर्लाही, रौतहट र तनहुँका २–२ जना तथा भक्तपुर, चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका एकरएक जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।