तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत १४ लाख घुससहित नागढुङ्गामा पक्राउ

१६ साउन, काठमाण्डौ । तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट उनलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उपाध्यायसँगबाट १४ लाखमध्ये १ लाख १४ हजार पैसा र बाँकी बैंकमा डिपोजिट स्लिप बरामद गरेको छ । उपाध्यायले घुस लिएको १४ लाखमा १ लाख १४ हजार आफ्नो साथमा राखी बाँकी सबै पैसा बैंकमा डिपोजिट गरिसकेको अख्तियार श्रोतले जनाएको छ । अख्तियारको टोलीले उनलाई शुक्रबार बुटवलदेखि पिछा गर्दै काठमाण्डौंको नागढुङ्गामा पक्राउ गरेको हो ।