अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग मिलेर अघि बढ्न अध्यक्ष प्रचण्डलाई दबाब

१७ साउन, काठमाण्डौ । नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न दबाब दिएका छन् ।

दुई अध्यक्षबीच विगत केही समयदेखि सम्बन्ध चिसिँदै आएको छ । अध्यक्ष प्रचण्डले आफू निकट असन्तुष्ट नेताहरुसँग गरेको छलफलमा ती नेताहरुसँग गरेको छलफलमा ती नेताहरुले पार्टी एकता जोगाउन अध्यक्ष ओलीसँग मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

उनीहरुले दुई अध्यक्षबीचको एकताले नै पार्टी मजबुत हुने भन्दै सोहीअनुसार अघि बढ्न सुझाव अध्यक्ष प्रचण्डलाई सुझाएका हुन् ।

आफ्नै नेताहरुबाट दबाबमा परेका अध्यक्ष प्रचण्डले पनि आफू पार्टी एकता जोगाउन लचिलो बनिरहेको बताउँदै पार्टी एकताको रक्षा गरिने जनाएका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।