जगदम्बा इन्टरप्राइजेजका सिइओ सहित ३ जनाको कोरोना रोगबाट मृत्यु

१६ साउन, बिरगंज । कोरोना भाइरसका संक्रमित बढ्ने क्रमसँगै सोही रोगबाट मर्ने पनि जारी छ । हिजो राती बिहीबार एकैदिन वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेजका सिइओ र दुई जना वीरगन्ज निवासी पुरुष रहेको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिएका छन् ।

६५ वर्षीय जगदम्बाका सिइओ भारतीय नागरिक हुन् । उनलाई लामो समयदेखि मुटुको रहेको थियो ।

उनी गत साउन ७ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।

उहाँलाई बिहानै देखि अक्सिजन कमी भएपछि भेन्टिलेटरमा राखेका थियौं । तर उहाँको राति ११ बजेतिर मृत्यु भयो ।

बाँकी दुई जना मृतक पनि वीरगन्जकै हुन् । जसमा ३५ वर्षीय युवक र ७५ वर्षीय वृद्ध रहेका छन् । युवक गत बुधबार अस्पताल भर्ना भएका थिए ।

उनमा केही दिनदेखि ज्वरोको समस्या देखिएको थियो । उनको पनि गण्डक अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो ।

अर्का ७५ वर्षीय वृद्धको भने घरमै मृत्यु भएको र पछि स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको डा. सिंहले जनाए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।