आजको मौसम पूर्वानुमान कहाँ-कहाँ बर्षाको सम्भावना

१६ साउन, काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले आज शुक्रबार देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै, नेपालको पुर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ ।

यसैगरी, शुक्रबार दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

साथै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ ,बागमती प्रदेश ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको
छ ।