आज देशभरी २७४ जना कोरोना संक्रमित थपिदा काठमाण्डौंमा ४५ जना थपिए

१५ साउन, काठमाडौं । आज नेपालभर थप २७४ जनामा कोरोना संक्रमण थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण थपिएको बताइएको छ ।

आज कोरोना निको भएर २२७ जना घर फर्केकोे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

हाल संक्रमितको संख्या ५ हजार २२७ जना रहेको र क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् ।

आज सबैभन्दा धेरै पर्सामा ४९ जना, काठमाडौंका ४१, बाँकेमा २० जना, नवलपरासी पूर्वमा १६ जना, धनुषामा १४, बारा र स्याङ्जामा १२–१२ जना, झापा र दैलेखमा १०–१० जना, सुर्खेतमा ९ जना, बर्दियामा ८ जना, महोत्तरी, बागलुङमा ६–६ जना, कैलालीमा ५ जना, धादिङ र सर्लाहीमा ४–४ जनामा कोरोना संक्रमण देखिएको
छ ।

त्यस्तै कास्की, लमजुङ र तनहुँ, दाङ र सल्यानमा ३–३ जना, भक्तपुर, ललितपुर, सुनसरी, मोरङ, उदयपुर, रौतहट, सप्तरी, प्युठान, नुवाकोट, कञ्चनपुर र डडेल्धुरामा २–२ जना, खोटाङ, दोलखा, चितवन र नवलपरासी, गोरखा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही प्युठान, मुगु, जाजरकोट र दार्चुलामा १–१ जनामा संक्रमण देखिएको छ ।

कोरोना संक्रमणका कारण हालसम्म ५२ जनाको मृत्यु भएको छ ।