कालिकोटको नरहरीनाथमा पहिरो ९ जनाको मृत्यु

१४ साउन, कालिकोट । दुई दिन अघि आएको अबिरल बर्षाका कारण आएको पहिरोमा घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको हो ।

गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले गराएको जानकारी अनुसार नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको बताए ।

पहिरोमा २ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’ मृतकहरुको पहिचान खुलेको छैन ।

घटनास्थल सदरमुकाम मान्माबाट करिब १८ कोष टाढा छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा परिचालन गरिएको अध्यक्ष बिष्टले बताए ।