नेपाली सेना, नेपाल प्रहरी गरी ३४ जनामा कोरोना भाइरस संक्रमण

१४ साउन, बीरगंज । हिजो आज कोरोना भाइरसका संक्रमित थपिने क्रम बढ्दो भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएअनुसार संक्रमित हुनेहरुमा २ वर्षकी बालिका देखि ६५ वर्षका पुरुष रहेका छन् । यसमध्ये ५ जना बालबालिका र २४ जना पुरुषहरु छन् ।

कोरोना संक्रमित पुष्टि हुनेमा ३३ वर्षका १ जना नेपाली सेना, २७ वर्षका १ जना र ३६ वर्षका २ जना नेपाल प्रहरी, २२ र ४२ वर्षका २ जना वीरगन्ज कारागरका कर्मचारी, २५ वर्ष देखि ६५ वर्षसम्मका ६ जना वीरगन्ज कारागरमा रहेका कैदीबन्दी रहेको डा. उदय नारायण सिंहले बताए ।

त्यसैगरी १ जना नारायणी अस्पतालका डाक्टर रहेका छन् भने वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका १ जना वडा नम्बर १५ भिस्वाका ८ जना वडा नम्बर १० का २ जना वडा नम्बर ३२ का १ जना वडा नम्बर ५ का ३ जना वडा नम्बर २५ का ३ जना वडा नम्बर ९ र १२ का १–१ जना रहेका छन् ।