सभामुखलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीद्धारा एमसीसीमा सहयोगको बात

१४ साउन, काठमाण्डौ । बालुवाटार बोलाएरै प्रधानमन्त्री केपी शर्मा ओलीले यसरी सहयोग मागेपछि सभामुख अग्नी सापकोटाले सोचेछन्, सभामुखले प्रधानमन्त्रीलाई असहयोग गर्ने कुरै आएन । अनि, जवाफ दिए, ‘तपाईं प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि हो । मैले तपाईंलाई सहयोग नगरे कसलाई गर्ने ?

यसपछि प्रधानमन्त्रीले भने, ‘उसोभए संसदमा टेबुल भइसकेको कुरा किन अघि बढेन त…?’ बल्ल अग्नीले कुरा बुझे, एमसिसीको ।

‘पार्टीले कार्यदल बनाएको छ । त्यसको सुझाव पनि हेर्नुप¥यो । तपाईं या म, हामी कोही पनि पार्टीभन्दा माथि छैनौँ । त्यसैले पार्टीबाट एउटा निचोड आओस्, म अगाडि बढाउँछु’, अग्नीले भने ।

यसपछि अग्नीका आफ्ना गुनासा शुरु भए, ‘सोधेर संसद स्थगन गरिएन । तपाईंलाई सहयोग त गर्ने, तर केमा गर्ने ?’ प्रधानमन्त्रीले फेरि कुरा दोहो¥याए, ‘एमसिसीमा ।’

अर्कातिर, रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीहरूले सभामुखले बिजनेश दिनै नसकेर संसद स्थगित भएको टिप्पणी गरेकोबारे अग्नीको गुनासो छ । ‘संसदलाइ बिजनेश दिने सभामुखले हो कि सरकारले ?’, उनको प्रश्न
थियो ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।