उपाध्यक्ष बामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली भैसीपाटीमा

१३ साउन, काठमाडौं । आज बिहान ११ बजेका लागि तोएिको पार्टी स्थायी कमिटी बैठक एक पक्षीय निर्णयले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरे पनि आज पुन बालुवाटारमै अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बहुमत स्थायी समिति सदस्यहरुको बैठक बसेको छ । बैठकले स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय गलत भएको ठहर भएको निर्णय समेत पारित गरेको छ । तर ओलि उतरका स्थायी समिति सदस्य भने आएका थिएनन् ।

तर बेलुका पख प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् ।

प्रचण्ड–माधवकुमार नेपाल समूह छाडेर आफूतिर आएलगत्तै ओली गौतमलाई भेट्न निवासमै पुगेका हुन् । भेटमा पार्टी महासचिव विष्णु पौडेल समेत सहभागी रहेको स्रोतले बताएको छ ।

त्यो बैठकमा गौतम पनि थिए । उनले भने पार्टीमा विग्रह आउन नदिन ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो अवधिभर प्रधानमन्त्री बनाउनेसहित ६ बुँदे लिखित प्रस्ताव नेताहरुसम्म पु¥याएका छन् ।