दुई जना चिकित्सकसहित १५ जना कोरोना भाइरस संक्रमण

१३ साउन, वीरगञ्ज । लकडाउन खेलेपनि कोरोना भाइरसका संक्रमिण थपिने क्रम भने रोकिएको छैन । प्रत्येक दिन १०० देखि २०० को हाराहारीमा कोभिड–१९ का संक्रमित थपिने क्रम जारी नै छ । साथै आजोलि संक्रमितको संख्या बढेर व्यवस्थापनमा समस्या देखिएको पर्सा र बारामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको
हो ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतका अनुसार वीरगञ्ज–११ श्रीपुरका २६ वर्षीय चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी आफ्नै बुवाको कन्ट्याक्ट ट्रेसिङमा परेका
हुन् । त्यस्तै श्रीपुरकै ४५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका दुवै जना शंकास्पद संक्रमितको रुपमा वीरगञ्जस्थित कोरोना अस्पतालमै थिए ।

वीरगञ्ज–४ विर्ता बस्ने अर्का ४० वर्षीय चिकित्सकमा समेत कोरोना देखिएको छ । नारायणी अस्पतालमा कार्यरत उनलाई ५ दिनदेखि ज्वरो आइरहेको थियो । नारायणी अस्पतालमै कार्यरत ३१ वर्षीय अर्का कर्मचारीलाई पनि कोरोना देखिएको छ ।

आइसोलेसन बेडको अभावमा यसअघि नै पर्सामा ४२ जना संक्रमितलाई आइसोलेसनमा ल्याउन नसकेको अवस्था छ । उनीहरु घरमै आइसोलेटेड छन् तर होम आइसोलेसन सम्बन्धी कार्यविधि पालना भएरनभएको कसैले पनि अनुगमन गरेका छैनन्  ।

ज्वरो र खोकी लागेपछि शंका लागेर उनीहरुले पीसीआर परीक्षण गराएका थिए । पेड पीसीआर गराएका वीरगञ्ज–७ लोहरपट्टीका ५५ वर्षीया, वीरगञ्ज–१३ रानीघाटका ३४ वर्षीय, वीरगञ्ज–७ रामटोलका ३३ वर्षीय र वीरगञ्ज–१३ राधेमाईका २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको नारायणी ल्याब स्रोतले जनाएको छ ।