सकेसम्म सहमति यदि भएन भने बहुमतीयमा गएर निकास दिनुपर्नेहुन्छ

१२ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टीभित्र सहमति नभए बहुमतीयमा गएर भए पनि निकास दिनुपर्ने बताएका छन् ।

सेतोपाटीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले सहमति भएन एकमति लागू गरौं भनेर भन्न नपाइने बताए ।

’सहमति भएन भने धेरै साथीहरूले के भनेका छन् विचार गर्नुपर्छ। बहुमतीय भनेको भोटिङ नै हो भन्ने नसोचौं। पार्टीमा छलफल भएपछि धेरैले के भनेका छन् त्यसका आधारमा निकास दिनु पनि सहमति हो,’ उनले भने,’पार्टीभित्र सहमति गरौं भन्ने तर सहमति गर्न नदिने अनि सहमति भएन एकमति गरौं भन्ने त ठिक भएन। सकेसम्म सहमति गरौं सहमति भएन भने पनि धेरैको विचारलाई संश्लेषण गरी एउटा निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ ।’

आफूले अहिले नै प्रक्रियाकै बारे सोच्न नचाहेको भन्दै प्रवक्ता श्रेष्ठले सहमति नभए पनि सहमति हुनपर्छ भन्ने मान्यता राख्ने बताए ।

नेकपाको असार १३ गतेदेखि जारी स्थायी कमिटी बैठक र पार्टीभित्र देखिएका विवादमा केन्द्रीत रहेर हामीले श्रेष्ठसँग भिडिओ कुराकानी गरेका छौं ।

यस कुराकानीका मुख्य बुँदाः

(आम रूपमा सहमति भएन भने पनि धेरै साथीहरूले के भन्छन् त्यसमा ध्यान दिएर निष्कर्ष निकाल्नुपर्छ। त्यो पनि सहमतिकै निष्कर्ष हुन्छ भन्ने लाग्छ ।

( हाम्रो पार्टीको बैठकमा यति धेरै समय लाग्न नपर्ने हो। पार्टी जटिल मोडमा छ। सुविचारित ढंगले एउटा निष्कर्षमा पुग्नपर्छ।

(१३ गतेको बैठकले देश पार्टी र कम्युनिष्ट पार्टीको अवस्थाअनुसार देशलाई केन्द्रबिन्दुमा राखेर निर्णय गर्छ भन्ने विश्वास
छ ।

( बैठक कसरी जान्छ भन्ने विषय दुई अध्यक्ष र अरूको छलफलमा आधारित हुन्छ। मैले बुझेसम्म १३ गते र त्यसपछि बस्ने बैठकले एउटा निष्कर्ष निकाल्छ ।

( सहमति अहिलेसम्म भएको छैन तर सहमति हुनपर्छ भन्ने लाग्छ ।

( कोभिड(१९ नियन्त्रण गर्दै अर्थतन्त्र उकास्न र समाजवादको आधार तयार पार्ने सोचमा अगाडि बढ्नेछौं भन्ने मेरो विश्वास छ ।

( यो संघर्ष व्यक्तिका विरूद्धमा केन्द्रित होइन । पार्टीको राजनीतिक दस्तावेज र पार्टीको घोषणाअनुसार सरकार अगाडि बढेको छ कि छैन भनेर छलफल भएको हो ।

( विचार र नीति गौण भयो । विधि र पद्धतिको पालना भएन त्यसको उल्लंघन भयो र भ्रष्टिकरण पनि बढेर गयो भन्ने आधारमा प्रवृत्तिको संघर्ष भएको हो ।

( यो अन्तरसंघर्ष व्यक्तिसँग भन्दा पनि प्रवृत्तिसँग हो । छलफल चलिरहेको छ तर कुरा मिलेको छैन ।

( प्रधानमन्त्रीको राजीनामाबारे बैठकमा आवाज उठेको हो । यसलाई अन्यथा लिन भएन । पार्टी र सरकारलाई सही दिशामा लैजान राष्ट्रका सामू मुख्य कार्यभार समाधान गर्नका निम्ति के गर्नपर्छ भनेर व्यक्तिगत विचार आइरहेका छन् ।

( स्थायी समितिमा उठेका विषयको निकास दिनेगरी या त सहमतिको प्रस्ताव बन्ला सहमति भएन भने छुट्टाछुटै प्रस्ताव बन्ला । तर सहमतिको प्रस्ताव बन्न सक्दैन भन्ने होइन ।

(मुख्य निकास दिने भूमिका प्रधानमन्त्रीको हो। उहाँले त्यसरी सोच्नपर्छ, अरूले पनि आ–आफ्नो ढंगले सोच्नप¥यो । निकास दिनेगरी छलफल गरौं ।

( पहिलो सहमति भएको छैन सत्य हो । सहमति हुँदैन भन्ने आधारमा अहिले कुनै नीति र योजना बनाउन उपयुक्त हुन्छ भन्ने मलाई लाग्दैन । सहमति भएन भने पार्टीलाई गतिहीन बनाउने र पार्टीलाई फुटको दिशामा लैजाने काम गर्नु हुँदैन । पार्टीलाई बचाउन पर्छ ।

समाचार सेतोपाटीबाट