आजबाट मापासे जाँच शुरु

७ साउन, काठमाडौं । करिब ४ महिना पछि खुलेको कोरोना लकडाउन पछि आजबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) चेकिङ गर्ने भएको छ ।

हिजो मंगलबार सरकारका प्रवक्ता युवराज खतिवडाले लकडाउन खुलेको घोषणा गरेसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ गर्न लागेको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।

’हामीले बुधबारदेखि कडाइका साथ मापसे चेक गर्न लागेका छौं । मापसे गर्ने क्षेत्रमा निगरानी बढाउँछौं र मापसे गरी चलाएको भेटिएमा कारबाही गर्छौं ।

त्यस्तै, मापसेको गरे–नगरेको जाँच्न भने अहिलेलाई मेसिनको प्रयोग नगर्ने उनले बताए ।

’चलाउने तरिकालाई हेरी, सर्वसाधारणबाट सूचना लिई, बोली–वचन हेरी मापसे गरे–नगरेको थाहा पाउन सकिन्छ । शंका लागेमा हामीले गाडीमा हालेर अस्पताल लगेर पनि जाँच्न लगाउँछौं ।

उनका अनुसार उपत्यकाका विभिन्न स्थानमा रातिको समयमा ३९ स्थानमा ’चेक पोइन्ट’ राखिनेछ ।