लमजुङको मस्र्याङ्दी गाउँपालिका १ मा पहिरोले १० घर पुरिए

७ साउन, लमजुङ । लगातार बर्षाका कारण लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा १० घर पहिरोले पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार केही दिनदेखि परिरहेको अविरल वर्षापछि गएको पहिरोमा परेर घर पुगिएका हुन् ।

मानवीय क्षति भएको विवरण प्राप्त नभएको र पहिरो गएका घरका केही मानिस अघिल्लो दिनै सुरक्षित स्थानतर्फ सारिएको थियो ।