आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता

शेखर कोइराला

५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले राष्ट्रपतिका पछिल्ला सक्रियताप्रति प्रश्न उठाएका छन् ।

राष्ट्रपति राजनीतिक व्यक्ति नभएको कोइरालाको भनाइ छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएका विवाद र नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेता पटकपटक छलफलका लागि राष्ट्रपति निवास शिलतनिवास आउजाउ गरेपछि कोइरालाले राष्ट्रपति राजनीतिक नभई सम्मानित र साझा संस्था भएको उल्लेख गरेका हुन् ।

आज बिहान सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै नेता कोइरालाले राष्ट्रपतिले संविधानको मर्यादा र संस्थाको गरिमा ख्याल गर्नुपर्ने बताएका हुन् ।

‘राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ,’ कोइरालाले भनेका छन्, ‘पछिल्ला दिनमा नेकपाभित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि अत्यन्तै दुस्खद हो ।

कोइरालाले राष्ट्रपति सम्मानित र सर्वोच्च निकाय रहेको उल्लेख गर्दै थपेका छन् राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन । साझा, सम्मानित र सर्वोच्च निकाय हो ।