दुई अध्यक्षबीच लामो बालुवाटारमा छलफल विस्तृत विवरण आउन बाँकी

४ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको छ ।

दुई अध्यक्षबीच आज साँझ झन्डै साढे दुई घन्टा कुराकानी भएको थियो । ओलीसँग कुरा गर्न प्रचण्ड सवा ४ बजेतिर बालुवाटार पुगेका थिए भने पौने ७ बजे बाहिरिएका थिए ।

दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने विस्तृत विवरण आइसकेको छैन ।

यसअघि हिजो शनिबार प्रचण्डले ओलीसँग विवाद मिलाउन सहमति गरेको भन्ने चर्चा भएको थियो । ओलीविरूद्ध प्रचण्डसँगै रहेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षले चोचोमोचो गरे आफूलाई मान्य नहुने बताएका
थिए ।

आज बिहान प्रचण्डले आफू र नेपाल पक्षीय नेताहरूलाई निवास खुमलटारमा बोलाएर ओलीसँग कुनै सहमति नगरेको बताएका थिए ।

सचिवालय बैठकपछि परिबन्दमा परेर राष्ट्रपति भवन शितल निवास जानु परेको प्रचण्डको गुनासो पोखेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ राष्ट्रपति भवन शितल निवास आकस्मिक रूपमा गएको स्पष्टिकरण दिएका छन् ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा भेला भएका बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत १ दर्जन स्थायी समिति सदस्यलाई प्रचण्डले आफू परिबन्दमा परेर शितल निवासमा गएको बताएका हुन् ।

’सचिवालय बैठक लगत्तै मैले प्रधानमन्त्रीजीलाई भेट्न खोजेको थिएँ । त्यही बेला तपाईं राष्ट्रपति कार्यालय जानुप¥यो भनेर महासचिवले भन्नुभयो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने,’ दुई अध्यक्षलाई बोलाउनुभएको
हो । एकजना अध्यक्ष गइसक्नुभयो अब तपाईं पनि जानुप¥यो भनेपछि म जादिनँ भन्न पनि मिलेन । म अचानक गएको हो, कुनै योजना थिएन ।’

राष्ट्रपतिसँग पार्टी एकताकै विषयमा कुराकानी भएको जानकारी समेत प्रचण्डले बैठकलाई गराएका थिए ।

’त्यहाँ गएर कुनै निर्णय गर्ने कुरा त भएन । हामी मिलाएर जान्छौं । पार्टी फुटन दिन्नौं भनेको हो, यो त सार्वजनिक रूपमा बोलेकै कुरा हो,’ ती स्थायी समिति सदस्यले भने,’हामी महाधिवेशन गर्छौं भनेकै हो । प्रचण्डलाई खर्लप्पै उ तै लगेछन् कि भन्ने भ्रम प¥यो । त्यस्तो होइन रहेछ, फेरि उहाँले शनिबार नै खण्डन समेत गरिसक्नुभएको छ ।

शनिबार सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपति निवास पुगेका थिए । उनीहरूसँगै महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

सचिवालय बैठक बस्नु अगाडि प्रधानमन्त्री ओलीसँग भएको कुराकानीबारे पनि प्रचण्डले आजको बैठकमा जानकारी गराएका थिए ।

आफूलाई पाँच वर्षे कार्यकालभरि सरकार चलाउन सहयोग गरेमा ’अर्ली’ महाधिवेशनबाट एकल अध्यक्ष बनाउन तयार रहेको प्रस्ताव प्रधानमन्त्री ओलीबाट आएको समेत उनले बताएका थिए ।

’केपीजी र प्रचण्डजीको कुरा हुँदा मलाई ५ वर्ष काम गर्न दिनुस् महाधिवेशनबाट तपाईं अध्यक्ष हुनुस् भनेर प्रस्ताव आएको प्रचण्डले जानकारी गराउनुभयो,’ अर्का एक स्थायी समिति सदस्यले भने,’सचिवालयमा छलफल गरौं । स्थायी समिति बैठक जारी छ, त्यहाँ छलफल गरेर केन्द्रीय कमिटीमा छलफल गरौंला भनेर प्रचण्डले भन्नुभएको रहेछ ।

महाधिवेशनमा जाने प्रस्तावलाई आफूले हुन्न भनेर भन्न नमिल्ने भएकाले विरोध नजनाएको समेत प्रचण्डले बताएका थिए ।