दार काट्न जाँदा आराम गरिहेको अवस्थामा अचानक खसेको ढुङ्गा लागी ध्वजबीर कठायतको मृत्यु एक घाइते

४ असार, पचालझरना, कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका ३ वडा खार्दुस्थित धुलछहरा, भारपाटा, बिन्दुगाउँ गैरीडाँडामा हिजो करिब १२ बजेको समयमा धुलछहराको खोलामा आरामगरी तमाखु खाईरहेको अवस्थामा अचनाक माथिबाट आएको बुढा र ढुङ्गा लागी पचालझरना–३ खार्दु निवासी ध्वजबीर कठायतको घटनास्थलमै मृत्यु भएको छ ।

पचालझरना–३ का वडाध्यक्ष लोकजङ्ग कठायतले फोन मार्फत् कदर न्यूजलाई दिनुभएको जानकारी अनुसार हिजो विहान खार्दुबाट करिब ४ जनाको समूह खरक लागउने दार काट्ने भनी त्यसतर्फ गएको बताउनु भएको छ । उनीहरु भारपाटा, बिन्दुगाउँ, गैरीडाँडा हुँदै धुलछहरा नजिकैको एक खोलामा गएर दार काटी तयार पारी तल खोल्सामा फ्याकेर आराम गर्दै तमाखु सल्काई खाइरहेको अवस्थामा माथिबाट आएको बुढा र ढुङ्गा ध्जबीर कठायतको टाउकोमा लागि उनी अचेत अवस्थामै खोलामा खसी पानीले १०० मिटर तल बगाएर साइडमा अड्किएको अवस्थामा मृत फेला पारिएको वडाध्यक्ष कठायतले बताउनु भएको छ ।

वडाध्यक्ष कठायतका अनुसार हिजो १२ बजेतिर भएको घटना आफूहरुलाई बेलुका ५ बजेतिर मात्र थाहा भएको बताउनु भयो । घटनास्थलमा मृतक ध्वजबीर कठायत, पुनी बस्नेत, र मृतकका २ छोरा रहेको बताएका छन् । पुनी बस्नेत घाइते हुनुभएकाले उनलाई पचालझरनाकै लाफासम्म बोकेर लगेको र त्यहाँबाट गाडीको व्यवस्थागरी सदरमुकाम मान्मतर्फ पठाइएको बताउनु भएको छ ।

सोही घटनाको बारेमा फोनबाट जानकारी दिंदै पालिका प्रवक्ता तथा ४ वडाध्यक्ष अनरुप रोकायाका अनुसार आज बिहान सो घटनाको बारेमा विस्तृत अध्ययन र निरीक्षणको लागि पालिकाको टोली घटनास्थल धुलछहरातर्फ गइरहेको र साथमा ईलाका प्रहरी कार्यालय जारकोटबाट प्रहरीको टोली पनि घटनास्थलतर्फ जाँदै गरेको कुरा जानकारी प्रवक्ता रोकायाले बताउनु भएको छ ।