Breaking News

दुई अध्यक्षको छलफलको समय नपुगेको भन्दै ३ बजे सम्मका लागि स्थायी कमिटीको बैठ स्थगित

२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही घण्टाका लागि स्थगित भएको छ ।

बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।