२ साउन, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) बाट पारित भएको छ । बोर्डबाट पारित भएसँगै मध्यान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थपिने भएको छ । ऋणीको प्रकृति अनुसार ३ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने समयावधि थप गर्ने गरी मौद्रिक नीति तर्जुमा भएको राष्ट्र बैंकका बोर्ड श्रोतले जानकारी दिएको छ । बढी प्रभावितले बढी सुविधा पाउनेछन् ।
यसैगरी ब्याजलाई पुँजीकरण गर्न मिल्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ । यसैगरी सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँ(गाउँसम्म पु¥याउने समेत नीतिमा उल्लेख गरिएको श्रोतले बताएको छ ।
मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने, सेयर धितो कर्जा बढाउने लगायतको व्यवस्था गरेको छ ।
मौद्रिक नीतिले पुनरकर्जा कोषलाई भने तत्कालै बढाउने विषयमा निर्णय लिएको छैन । हाल एक खर्बको रहनेभ निएको कोषलाई क्रमिक रुपले बढाउदै लगिने नीतिमा उल्लेख गरिएको छ ।