कोरोनाबाट बिराटनगरमा उपचारकै क्रममा एक जनाको मृत्यु

२ साउन, विराटनगर । कोरोना संक्रमणका कारण मर्नेको संख्या पनि जारी रहेको छ । बिराटनगर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो ।

प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार वृद्धलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा बिहीबार नै मृत्यु प्रवक्ता डाक्टर सापकोटाले बताएका छन् ।