आज कोरोना भाइरसका संक्रमित कहाँ कति थपिए

३१ असार, काठमाण्डौ । आज देशभरमा कोरोना संक्रमित ११६ जना थपिदा कहाँ कति थपिए त आज मन्त्रालयमा गरिएको नियमित ब्रिफिङमा सबैभन्दा धेरै सुर्खेतमा २८ संक्रमित थपिएका छन् । सप्तरीका १३, नवलपुरका ११, म्याग्दीका ९, चितवनका ८, काठमाडौंका ७, धनुषाका ६ र रौतहटका ५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्की, तनहुँ, सल्यान, दैलेखका ३–३ जना, जुम्ला, डडेलधुरा र सल्यानका २–२ जना तथा धनकुटा, ताप्लेजुङ, मोरङ, नुकाकोट, सिन्धुपाल्चोक धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट र मुगुका एकएक जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट निको भएर ६९७ जना डिस्चार्ज

विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट थप ६१७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या ११ हजार २५ पुगेको मन्त्रालयले जनाएको छ ।