पछिल्लो २४ घन्टामा कोरोना संक्रमित ११६ जना थपिदा १ जनाको मृत्यु

३१ असार, काठमाण्डौ । आज देशभर ११६ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् ।

देशभरका प्रयोगशलामा पाँच हजार ९० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

कोरोनाबाट आज थप एकको मृत्यु

कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका–७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनी कोरोना संक्रमणका कारण भारतको बेंगलोरमा मृत्यु भएका दाइको अन्त्येमा सहभागी भएर २४ असारमा मात्र घर फर्किएका थिए । उनलाई स्थानीय तहले क्वारेन्टिनमा राखेको थियो । रुघाखोकी, ज्वराका साथै स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई असार २९ गते वीरगञ्जस्थित नारायणी अस्पतालको आईसीयूमा भर्ना गरियो ।

उनलाई कोरोना भाइरसको संक्रमण भएको बुधबार मात्र पुष्टि भएको थियो । स्वास्थ्य गम्भीर भएपछि बुधबार नै भेन्टिलेटरमा सारिएको र दिउँसो २ः३० बजेतिर मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।