Breaking News

कर्णाली प्रदेशका एक सांसदलाई कोरोना पुष्टि

३० असार, काठमाडौं । कोरोना संक्रमितका संख्या बढ्ने घटन्े क्रमसँगै आज कर्णाली प्रदेशका एक जना सांसदलाई पनि कोरोना पोजेटिभ देखिएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने एक जना सांसदलाई कोरोना देखिएको प्रदेश सभाले जनाएको छ ।

हिजो सोमबार गरिएको पिसिआर परीक्षण गर्दा उनमा कोरोना देखिएको बताइएको छ ।

कोरोनाबाट संक्रमित भएका सांसदलाई आइसोलेसनमा राखिएको छ ।

उनको अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सत सांसदलाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेका सांसद तथा अरु व्यक्तिहरूको ट्रेसिङ भइरहेको सभामुख प्रदेश राजबहादुर शााहीले बताएका छन् ।

हाल संसद बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ ।