पछिल्लो २४ घन्टामा ११६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्

३० असार, काठमाडौं । आज देशभर ११६ जनामा कोरोना संक्रमिण थपिएका छन् ।

यो संख्यासंगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा स‌ंक्रमण पुष्टि हुनेमा धनुषाका २१ जना, महोत्तरीका १९ जना, अछामका १४ जना, दैलेखका ६ जना, दाङ र कैलालीका ५–५ जना, पाल्पा र जुम्लाका ४–४ जना रहेका छन् ।

त्यस्तै धनकुटा, प्युठान, रोल्पा र अर्घाखांचीमा ३–३ जना र इलाम, पर्सा, काभ्रे, नवलपरासी पूर्व, काठमाडौं र गोरखामा २–२ जना संक्रमित भेटिएका छन् ।

झापा, सिरहा, सुनसरी, तेह्रथुम, रौतहट, नुवाकोट, ओखलढुंगा, सिन्धुली, पाल्पा, सिन्धुपाल्चोक, सुर्खेत, बांके, बर्दिया र कञ्चनपुरमा १–१ जना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आजै कोरोना संक्रमणबाट निको भएर ३४ जना डिस्चार्ज भएका छन् । हाल ६ हजार ६ सय ९५ जना संक्रमित आइसोलेनसनमा रहेका छन् । डिस्चार्ज हुनेको कुल संख्या १० हजार ३ सय २८ पुगेको छ, कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ ।

हाल क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेका छन् ।