एकाध दुई सार्वजनिक यातायात चल्न थाले

२९ असार, काठमाडौं । कोरोना कहरका कारण बन्द अवस्थामा रहेका सार्वजनिक यातायात आजभोलि कही कतै एक दुई गुड्न थालेका छन् ।

आज सोमबार काठमाण्डौं उपत्यकामा मयुर र संयुक्त सिटी, यातायातमा आवद्ध केही बस गुडेका देखिन्थे । सडकमा सञ्चालनमा आएका बसहरुमा सरकारले तोकेको मापदण्डअनुसार बसमा एक पङ्तिको सिटमा एक जना मात्र राखेर कोरोना मापदण्डल अपनाएर गुडाएको देखिन्थ्यो ।

सरकारले २६ गते शुक्रबारबाट मापदण्ड पालना गरेर छाटो दुरीका सार्वजनिक यातायात तलाउने दिने निर्णय गरेको
थियो । त्यसका लागि साविकको भाडादरमा ५० प्रतिशत थपेर लिनसमेत अनुमति दिइएको छ । तर यातायात व्यवासायीहरुले विभिन्न माग अघि सार्दै यातायातका साधन चलाउन मानेका छैनन् ।