आज देशभर ८२ जना कोरोना संक्रमिण थपिए

२७ असार, चितवन । आज देशभर ८२ जना कोरोना संक्रमणका बिरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज देशभर ८२ जनामा कोरोना संक्रमण देखिएको बताएका छन् ।

यो सँगै संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।  आज थपिएको संख्यामा काठमाडौं जिल्लामा ५ जना थपिएका छन् ।

त्यस्तै आजै कोरोनाबाट १ सय ४७ निको भएका छन् । यो सहित हालसम्म निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ ।

हालसम्म मृतक ३८ जनामा कोरोना पुष्टि भएको छ ।

आज आइतबार ३ हजार ९ सय १६ जनाको पिसिआर परीक्षण भएको छ ।

कोरोनाबाट विश्वमा हालसम्म १ करोड २८ लाख बढी संक्रमित भएका छन् । ५ लाख ६८ हजार बढीको निधन भइसकेको छ ।