आज देशभर कोरोना भाइरसका ७० जना संक्रमित थपिए ३ जनाको मृत्यु

२७ असार, काठमाडौं । नेपालभर आज ७० जनामा कोरोना भाइरस संक्रमिण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

साथै थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो ।

कहाँकहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार २८ जिल्लामा संक्रमित भेटिएका छन् । तर कहीँ पनि दोहोरो अंकमा छैनन् । सबैभन्दा धेरै सिन्धुपाल्चोक र दाङमा ५–५ जना संक्रमित थपिएका छन् ।

यस्तै सुनसरी, उदयपुर, स्याङजा, तनहुँ र कञ्चनपुरमा ४–४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बाग्लुङ र सुर्खेत मा ३–३ जना र झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २र२ जना संक्रमित थपिएका
छन् ।

यस्तै सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४३१ जना डिस्चार्ज भएका छन् ।

यो सँगै निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।