नेकपा स्थायी कमिटी बैठक २६ गतेसम्म स्थगित

२४ असार, काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आज बस्ने भनिएको भए पनि बैठक असार २६ गते ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।

गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक पार्टी भित्र देखिएको आन्तरिक विवादका कारण बैठक स्थगित हुँदै आएको छ भने विवाद अझै टुंगिएको पनि छैन ।