माक्स नलगाइ बजारमा हिड्न नपाइने

२२ असार, काठमाण्डौ । आजैदेखि मास्क नलगाइ घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने भएको छ ।

कोरोनाभाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हो ।

पक्राउ गरी उनीहरूमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएका छन् । यो नियम आजै सोमबारदेखि लागू भइसकेको छ ।

’नेपाल सरकारले कोरोनाभाइरसको जोखिमको कारणले बन्दाबन्दी गरेको थियो । जसले जनजीवनमा असहजता आयो । त्यसलाई सहजीकरण गर्ने गृह मन्त्रालयले निश्चित सर्तहरू तोकिएको थियो । दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, स्वास्थ्यसम्बन्धी मापदण्डहरूको पालना गर्ने भन्ने थियो ।

सरकारले सर्तहरूको पालना गर्ने भन्ने सर्तमा मात्र लकडाउन खुकुलो गरिएको थियो ।