सुदूरपपश्चिममा आज बिहान ६९ जनामा कोरोना भाइरस संक्रमण

२२ असार, कैलाली । हिजो आइतबार देशका बिभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा आज बिहान ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएका छन् ।

रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा १७, उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ३ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट ४९ जनामा संक्रमण पुस्टी भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । पुष्टि भएका मध्ये कैलालीका २० पुरुष र १० महिला, कञ्चनपुरका २० पुरुष र ८ महिला, बैतडीका ३ पुरुष, डडेल्धुराका ७ पुरुष र १ महिला रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिएका छन् ।

त्यस्तै, ७६ जना संक्रिमित निको भएर घर गएका छन् । टीकापुरका २, बैतडीका २३ र डडेल्धुरा अस्पतालबाट ५१ संक्रमित डिस्चार्ज भएका हुन् । प्रदेशमा निको हुनेको संख्या ६ सय ६२ पुगेको छ । प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यो सँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ८६९ पुगेको छ ।