केन्द्रीय कमिटी बैठक बोलाउन नेकपा नेताद्धारा हस्ताक्षर संकलन

२१ असार, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादका कारण पार्टी नै फुटने तरखरमा रहेकाकाले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ । अहिलेसम्म १०० बढी नेताले हस्ताक्षर गरिसकेको बतइएको छ ।

तर पनि स्थायी कमिटी बैठक चलिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पद छाड्नुपर्ने माग गरेका छन् । तर ओलीले कुनै हालतमा दुवै पद नछाड्ने अडान लिएका छन् ।

विवाद बढ्दै गएपछि स्थायी कमिटी स्थगित गरेर नेताहरू छलफलमा जुटेका छन् । तर आइतबार अपराह्नसम्म कुनै सहमति जुट्न सकेको छैन ।

पार्टी विभाजनको खतरा बढ्दै गएपछि केन्द्रीय सदस्यहरूले हस्ताक्षर संकलन अभियान चलाएका हुन् । ‘नेकपामा कुनै विषयमा स्थायी कमिटीले निर्णय गरे पनि अनुमोदनका लागि केन्द्रीय कमिटी बोलाउनुपर्छ । निर्णय गर्न सकेन भने पनि केन्द्रीय कमिटीले छलफल गरेर निकास दिन्छ ।