नयाँ बसपार्कको एक ग्यारेजमा राखिएका ८ वटा माइक्रोमा आगलागी हुँदा जलेर नष्ट

२१ असार, काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आज बिहान अगलागी हुँदा ८ वटा माइक्रोबस जलेर नष्ट भएका छन् ।

आगलागीबाट जलेरका माइक्रोहरुमा बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबसमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बा १ ज ९६०९ नम्बरको माइक्रोबाट आगलागी सुरु भएको बताइएको छ ।

घटनाको प्रकृति हेर्दा प्राविधिक कारणबाट आगलागी भएको हुनसक्ने महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी रोशन खड्काले बताए । तर, घटनाबारे थप अनुसन्धानपछि मात्र यकिन हुन सक्ने उनले बताए ।