Breaking News

बागलुङ र तनहुँमा गरी ३ जनामा कोरोना भाइरस संक्रमण

२१ असार, पोखरा । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज बिहान गण्डकी प्रदेशका बागलुङ र तनहूँमा कोरोना भाइरसका ३ संक्रमित थपिएका छन् ।

यो सँगै प्रदेशको कुल संक्रमित संख्या १०९१ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार तनहुँको व्यास नगरपालिकाका ६ वर्षीय बालकमा संक्रमण देखिएको छ भने तनहुँकै शुक्लागण्डकीका २४ वर्षीय युवामा कोरोना पुष्टि भएको छ । यसैगरि, बागलुङ काठेखोलाका २८ वर्षीय युवामा पनि संक्रमण पुष्टि भएको छ ।