सुदूरपश्चिममा आज बिहान थप ५६ जना कोरोना भाइरसका संक्रमित थपिए

२१ असार, कैलाली । हिजो शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सुदूरपश्चिममा थप ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ३ हजार ४६९ पुगेको छ ।

रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४६, र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । थप पुष्टि भएकामध्ये कैलालीका १ पुरुष, कञ्चनपुरका ५ पुरुष र ५ महिला, अछामका २८ पुरुष र १० महिला रहेका छन् । त्यसैगरि डोटीका ४ पुरुष र १ महिला, बैतडीका १ पुरुष, डडेल्धुराका १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जनाएका छन् ।