बालुवाटारमा प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको छलफल सम्पन्न

२० असार, काठमाण्डौ । बेलुका सात बजे प्रधानमन्त्रीले मन्त्री तथा राज्यमन्त्रीलाई बोलाएर छलफल भरखरै सकिएको
छ । तर बैठकमा के कुरा भयो र के निर्णय भयो भन्ने कुरा बताइएको छैन । तर पार्टीको स्थायी समिति बैठकमा प्रधानमन्त्रीको राजीनामा आएकाले प्रधानमन्त्री आफै संकटमा परेकाले आफ्नो मन्त्री मण्डलका मन्त्री तथा राज्यमन्त्रीको राय बुझ्न बोलाइएको बुझिएको भएपनि तार्किक कुरा के हो भन्ने बताइएन ।

मन्त्रीहरुको छलफल हुनु अघि प्रधानमन्त्री राष्ट्रपति भेटेर आउनु भएको थियो । त्यहाँ पनि राष्ट्रपति र प्रधानमन्त्रीबीच के कुराकानी भयो त्यो पनि बताइएन ।