आज देशभर ४८२ जनामा कोरोना भाइरस संक्रमिण भएको पुष्टि

१७ असार, काठमाडौं । आज देशभर ४८२ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएका छन् ।

संक्रमितमा ११७ महिला र ३६५ पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ४६ पुगेको
छ ।
आजै १४६२ जना कोरोनाभाइरस संक्रमणबाट निको भएर गर फर्केका
छन् ।
असार १४ गते मरेका अछाममा १४ वर्षे युवकको आजथ उनको रिर्पोट
पोजेटिभ आएको छ ।
आजसम्म देशभरीका क्वारेन्टिनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् । यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ३ सय ६० जना उपचाररत रहेको
बताए ।