घर फर्किदै गरेका दाजुभाईलाई टिपरले लियो ज्यान

१७ असार, काठमाडौं । आज बुधबार दिउँसो पौने ३ बजे धुलिखेल नगरपालिका–२ मा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा सवार दाजुभाइको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाकइल चालक ५३ वर्षीय दाजु वेदप्रसाद कोइराला र ५१ वर्षीय गोवर्धनप्रसाद कोइराला रहेकाछन् ।

वेदप्रसाद कोइराला सव डिभिजन वन कार्यलय कटुञ्जेका वन रक्षक हुन् ।

प्रहरीका अनुसार बा ४ ख ६३८६ नम्बरको टिपर र बा ३६ प ५०५२ नम्बरको टिपर एकै दिशाबाट जाँदै थिए ।

’टिपर र मोटरसाइकल एउटै दिशामा जाँदै थिए । ओह्रालोमा टिपरले ठक्कर दिएपछि दुई जना गम्भीर घाइते भएका थिए ।

घाइते दाजुभाइलाई उपचारका लागि शिर मेमोरियल अपस्पतालमा लगिएको थियो ।

अस्पताल पु¥याएपछि उनीहरूलाई मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् ।

उहाँहरू यहीँको स्थानीय हो । कहाँ गएर आउनु भएको भन्ने थाहा भएन तर आफ्नो घर जाँदै हुनुहुन्थ्यो । बीच बाटोमा टिपरले ठक्कर दिएको थियो । ठक्कर दिने टिपरका चालक भने फरार भएका थिए ।