पहिरोले घर बगाउँदा १५ महिने शिशु बेपत्ता एक को उद्दार

१६ असार, काठमाण्डौ । जाजरकोटको भेरी नगरपालिका–११ स्थित महतारागाउँको पाटेखोलामा हिजो सोमबार बिहान ४ बजे आएको लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिने शिशु पुरुषोत्तम वर बेपत्ता भएका छन् ।

यस्तै लेदोमा पुरिएका २२ वर्षीय गणेश वरको भने प्रहरी तथा स्थानीयवासीले उद्धार गरेका छन् ।

उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज पठाइएको प्रजिअ पन्तले बताए ।