आज देशभर कहाँ कति कोरोना संक्रमित थपिए डाटासहित

१५ असार, काठमाण्डौं । कोभिड–१९ का संक्रमित थपिने क्रममा आज देशभर ४७६ जनामा संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित डोटीमा ९६ जना थपिएका छन् । बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, कैलालीका ३०, पाल्पाका २६, गुल्मीका २०, रौतहटका १८, सप्तरीका १५, बाग्लुङका १४ र पर्वतका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, तनहुँका ९ जना, स्याङ्जाका ८, धनुषाका ६, गोरखा, प्युठान र रुपन्देहीका ५–५ जना, प्युठान, चितवन र महोत्तरीका ४–४ जना, कपिलवस्तु, धादिङ, डोल्पा र कालीकोटका २–२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, पर्सा, मोरङ, धनकुटा, खोटाङ, काभ्रे, मकवानपुर, रोल्पा, बारा र रुकुम पश्चिमका एकरएक छन् ।

आजै काठमाण्डौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।
उनीहरूमध्ये ६ जना काठमाडौंका छन् भने भक्तपुर र ललितपुरका १–१ जना रहेकाछन् ।