ललितपुरको स्टार अस्पतालमा कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु

१५ असार, काठमाण्डौ । कोरोना भाइरसका संक्रमित बढ्ने क्रम जारी सँगै फाट्टफुट्ट मर्नेको संख्या पनि देखिएको छ । आज सोमबार बिहान ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको छ ।

सो अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको थियो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताइका छन् ।

अस्पताल स्रोतका अनुसार उनी दमका रोगी उनलाई उपचारका लागि भ्याण्डिलेटरमा राखि उपचाररत नै मृत्यु भएको बताइएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।