काठमाण्डौ उपत्यकामा थप ५ जना कोरोना भाइरसका संक्रमित देखिए

१३ असार, काठमाडौं । आज देशभरमा थपिएका ५५४ जना मध्येमा काठमाडौं उपत्यकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज शनिबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौंका एक महिला, तीन पुरूष र भक्तपुर एक पुरूषमा कोरोना संक्रमण देखिएको बताएका हुन् ।

योसँगै संक्रमित संख्या १२ हजार तीन सय ९ पुगेका छन् । यो सँगै अब नेपालका ७७ जिल्लामै कोरोना संक्रमण फैलिएको छ ।