Breaking News

लियानेल मेसी विश्वकै महान् खेलाडी बन्ने दौडमा

चार वर्षअघि कतारको रातमा लियोनल मेस्सीले विश्वकपको अधुरो सपना पूरा गरे । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वविजेता बनाउँदै उनले फुटबलमा आफूले जित्न बाँकी रहेको सबैभन्दा ठूलो उपाधि पनि उचाले ।

धेरैले त्यसलाई उनको करियरको पूर्णविराम ठानेका थिए । तर २०२६ को विश्वकपले फेरि अर्को कथा लेखिदियो ।

३९ वर्षको उमेरमा पनि कप्तान मेसी अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप फाइनलसम्म डोर्‍याउने मुख्य पात्र बनेका छन् ।

अब उनको अगाडि एउटा यस्तो अवसर छ, जसले उनलाई केवल अर्जेन्टिनाकै होइन, विश्व फुटबल इतिहासकै सबैभन्दा सफल खेलाडीका रूपमा अझ बलियो स्थान दिलाउन सक्छ ।

स्पेनसँग आइतबार हुने फाइनल मेसीका लागि एउटा उपाधिको मात्र खेल होइन, यो उनको विश्वकप यात्राको सम्भावित अन्तिम अध्याय पनि
हो ।