१ असार, काठमाडौं । बिश्व कप २०२६ भरखर सुरु भएको छ । जारी विश्वकपमा नेदरल्यान्ड्स र जापानले बराबरी अंक बाडेको छन् ।
डलास स्टेडियममा भएको खेल २–२ को बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा सबै गोल भएका थिए ।
५०औं मिनेटमा भर्जिल भान डाइकले हेडरमार्फत गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटमा नै जापानले बराबरी गोल फर्कायो ।
केइतो नाकामुराले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको सात मिनेटमा नेदरल्यान्ड्सले फेरि अग्रता लियो । ६४औं मिनेटमा क्रिसेन्सो समरभिलले गोल गरेपछि नेदरल्यान्ड्स अग्रतामा आयो ।
८९औं मिनेटमा डाइची कामाडाले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । कर्नरबाट आएको बललाई उनले हेडर गोल गरेका थिए ।

