गण्डकी प्रदेशका ४ जिल्लामा २५ जनामा कोरोना भाइरस संक्रमण

१२ असार, काठमाण्डौ । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज गण्डकी प्रदेशका चार जिल्लामा २५ जनामा कोरोना भाइरस संक्रमण देखिएका छन् ।

जसमा नवलपुरमा २१ जना, तनहुंमा २ जना तथा बाग्लुङ र स्याङ्जामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको
हो ।

गण्डकी प्रदेशमा कोरोना संक्रमण संख्या ७ सय ९२ पुगेको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम गण्डकी प्रदेशका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गबण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले आज बिहान जारी गरेको विज्ञप्तिअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुंको व्यास नगरपालिकाका ४९ र ३० वर्ष उमेरका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी स्याङ्जाको कालीगण्डकी गाउंपालिकाका २८ वर्षीय एकजना पुरुष र बाग्लुङको बरेङ गाउँपालिकाका २३ वर्षीय एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका सात जना पुरुष तथा कावासोती नगरपालिकाका १२ जना पुरुष तथा दुईजना महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।