संघीय संसदको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारीले ठाकुर निर्वाचित भएकी छन् ।
प्रतिनिधिसभा सभाको हिजोको बैठकमा भएको चुनावी प्रक्रियामा श्रम संस्कृतीकी ठाकुर र राप्रपाकी सरस्वती लामाबीच प्रतिस्पर्धा भएपनि रुबी संसदको ठुलो दल रास्वपा, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, नेकपा, एक जना स्वतन्त्र, स्वयम श्रम संस्कृतिका सांसदले मत दिएका
थिए ।
मत बिभाजन अनुसार संसदमा उपस्थित २५७ संसद मध्य रुबीकुमारीले २१५ मत पाएकी थिइन भने राप्रपाकी सरस्वती लामालाई ५ मत परेको थियो । जो राप्रपाको मात्र हो ।
नेपालको संसदीय इतिहासमा सबै भन्दा कान्छी जेनजी युवा त्यसमा पनि पिछडिएको मधेशी समुदायबाट संबैधानिक पदमा उपसभामखु निर्वाचित भएकी छन् ।
उपसभामुखमा निर्वाचित सँगै रूबी कुमारीले हिजो साँझ नै शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका छ्न् ।
शपथ समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारीहरू सहभागी थिए।
यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीमण्डल बिस्तार गरेका छन् ।
हिजो शितल निवासमा नवनियुक्त दुई मन्त्रीहरूले शपथ लिएका छन् ।
राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ खुवाएका हुन् ।
रामजी यादवलाई श्रममन्त्री र गौरीकुमारी यादवलाई मन्त्री नियुक्त गरेका थिए ।

