Breaking News

पूर्व गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी रिहा

काठमाडौँ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा १३ दिन अघि पक्राउ परेका तत्कालीन पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट आज रिहा भएका छन् । प्रहरीले पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँकाले बताएको छ ।
लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको भट्टराईले बताए । चैत १४ देखि गणमा राखिएका लेखक त्यहाँबाट निस्केका छन् ।

मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखक पक्राउ परेका थिए ।