काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेर बिद्यार्थीीमाथि अन्धाधुन्द गोली चलाउन आदेश दिएको भन्दै कार्की आयोगले तत्कालीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई दाषी ठहराएपछि बालेन सरकारले शपथ भएको २४ घन्टा नबित्दै गएको चैत्र १४ गते सोही मुद्दा पक्राउ गरी हिरासतमा राखेको थियो । दुबै जनामाथि सोही मुद्दामा अनुसन्धान गरिरहेको समयमा ओली र लेखक पक्षबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट परेपछि सर्वोच्चले हिजो बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ । सर्वोच्चले दुबै जनाको म्याद नथप्न परमादेश जारी भएको छ ।
हिजो सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि सरकारका नाममा परमादेश जारी गरेको हो ।
जिल्ला अदालत, काठमाडौँले दुबैजनालाई तेस्रो पटक पाँच दिनको म्याद दिएको छ। सो म्याद भोलि बुधबार चैत्र २५ गते सकिदैछ ।
सर्वोच्चले चैत्र २५ गतेभित्र मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही अनुसार र हुन नसकेमा त्यसपश्चात जे जो गर्नु पर्ने हो गराउनु भनि सरकारका नाममा परमादेश जारी गरेको हो।
यस आदेशले अब ओली र लेखकलाई भोलि २५ गतेसम्म सरकारले रिहा गर्नु पर्ने हुन्छ ।

