Breaking News

एम्बुलेन्स दुर्घटना हुंदा चालकको घटस्थलमै मृत्यु

११ असार, ओखलढुंगा । ओखलढुंगाको लिखु गाउंपालिकामा बिरामी बोक्न गएको एम्बुलेन्स दुर्घटना हुदां एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु भएको छ । हिजो बिहान गाउंपालिकाबाट बिरामी बोक्न वडा नम्बर ९ को पोकलीतर्फ जादै गरेको एम्बुलेन्स वडा नम्बर ६ को कात्तिकेभिरमा दुर्घटना हुंदा एम्बुलेन्स चालक लिखु गाउंपालिका ४ यसमका २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको गाउंपालिकाले पुष्टी गरेको छ ।

गाउंपालिकाको प्रदेश नम्बर ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको गाउंपालिका अध्यक्ष गोबिन्द पौडेलले जनकारी दिए ।

वडा नम्बर आठ का वडा अध्यक्षले पोकलीबाट बिरामीलाई काठमाडौ लैजान एम्बुलेन्स मगाएपछि चलक बिहानै एम्बुलेन्स लिएर पोकलीतर्फ लागेका थिए । दुर्घटनास्थल कात्तिके भिरमा घुम्ती रहेको र बाटो समेत साघुँरो भएको स्थानबाट एम्बुलेन्स दुर्घटनामा परेको गाउँपालिकाले जनाएको छ ।

समाचार रातोपाटीबाट